८ बैशाख २०८३, मंगलवार April 21, 2026

होमस्टेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा दिनेश दहित

२० आश्विन २०८०, शनिबार
होमस्टेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा दिनेश दहित

धनगढी । होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश समिति दिनेश दहितको अध्यक्षतामा ११ सदस्य कार्य समिती सर्बसम्मत चयन भएको छ । उपाध्यक्ष परशु राम चौधरी, सचिव शन्तकुमार चौधरी, कोषाध्यक्ष बिस्पती चौधरी, सदस्यहरुमा क्रमशः सिताराम चौधरी, बिष्णा जोशी, मान सिंह ढाट, मिना चौधरी लगायत रहेका छन् ।
शनिबार कञ्चनपुरको बिजय साल होमस्टेमा ‘प्रकृति संस्कृति र पर्यटन नेपालको पहिचान संस्कृति मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने मुल नारा सहित भएको होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन २०८० सम्मेलन गर्दै भेला भएको थियो ।
होमस्टे सञ्चलान महासघंका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मी नारायण चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो ।