८ बैशाख २०८३, मंगलवार April 21, 2026

युनिक नेपालद्वारा तरकारीखेती तालिम सञ्चालन

२९ जेष्ठ २०८०, सोमबार
युनिक नेपालद्वारा तरकारीखेती तालिम सञ्चालन

हसुलिया । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हसुलियाको आयोजनामा व्यवसायिक तरकारीखेती तालिम सुरु भएको छ ।
सोमबार एक कार्यक्रमका बिच कैलारी गाउपालिकाको हसुलियामा व्यवसायिक तरकारीखेती तालिम सुरु भएको हो । दुईदिनसम्म संचालन हुने कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण कैलारी गाउपालिका कृषि विकास शाखाका प्राविधिक सहायक राम बहादुर चौधरीले गरिरहेका छन् ।


कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हसुलियकाका शाखा प्रमुख निर्मल रैकाले तालिमको उद्देश्य माथि प्रकाश पार्दै, व्यवसायिक तरकारी खेती तालिमले केही गर्न आट र सोच बनाएका तर तालिमको खोजीमा रहेकाहरुलाई तरकारीखेती तालिमले ठुलो मद्दत पुग्ने बताए । साथै उनले तरकारी खेती गरिरहेकोलाई थप सिकाई संगै पुर्ताजगी हुने बताए ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित, मुसलिम, आदिवासी, जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनि रहेका महिलालाई लघुवित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ ।
हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९५ हजार भन्दा बढी महिलाहरु लघुवित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले कैलाली, कञ्चनपुर, बांके, बर्दिया, दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४२ वटा शाखा मार्फत सेवा गर्दै आएको छ ।
तालिममा कैलारी गाउपालिकाका र धनगढी उपमाहानरपालिकामा रहेका युनिकका सदस्यहरु करिब ४२ जना महिलाहरुको सहभागीता रहेको छ ।