-
चन्द्रौटा बजार अस्तव्यस्त, नगरको सूचनालाई अटेरी

राम अवतार चौधरीकपिलवस्तु, १९ साउन । कपिलवस्तुको शिवराज नगरपालिकाले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न नगरलाई सास्ती भएको छ । उक्त सूचना जारी गरेको ३ हप्ता विति सक्दा पनि लागु हुन नसकेको बुझिएको छ । नगरले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई हटाउने भन्दै एक हप्ताको समय दिएर गत असार २३ गते सूचना प्रकाशित गरेको थियो ।…
-
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न निर्देशन

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् ।मंगलबार ऊर्जामन्त्री भुसालले…
-
कोभिड–१९ को तेस्रो लहर सुरु, स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञको सुझाव

काठमाडौँ, ११ साउन । केही दिनयता देशभर कोभिड–१९ बाट सङ्क्रमितको हुनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड सङ्क्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ ।कोरोना सङ्क्रमितको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि सम्बन्धित विज्ञहरूले यसलाई कोभिड–१९ को तेस्रो लहरको सुरुवात भएको बताएका छन् । उहाँहरूले खोपलाई प्राथमिकताका…
-
कैलालीमा पाइने चरा नामक पुस्तक विमोचन

कैलाली, २० साउन । कैलालीमा पाइने चरा र चराहरुको अवलोकन नामक पुस्तक विमोचन गरिएको छ ।प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश विकास कार्यक्रम कार्यन्वयन इकाई र नेपाल पन्छी संरक्षण संघ नेपालको सहकार्यमा प्रकाशित पुस्तक विमोचन गरिएको हो ।सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश स्तरीय २ दिने समिक्षा गोष्ठीमा…
-
थप २८ जनामा कारोना संक्रमण पुष्टि

धनगढी, २० साउन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २८ जना कोरोनाको संक्रमण देखिएको छ ।बुधबार अस्पतालको प्रयोगशालामा १११ जनाको नमूना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ३ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप…