-
बाढीले भजनी–जोशीपुर सडक खण्ड अवरुद्ध, अधिकांश वडा डुबानमा

कैलाली । बिहीबार राति देखि चुरे क्षेत्रतिर भएको अविरल बर्षापछि कैलालीको विभिन्न क्षेत्र डुबानमा परेको छ ।कैलालीको मोहना, कान्द्रा, पथरैया र काँढा नदिमा आएको बाढीले भजनी नगरपालिकाको अधिकांश वडा डुबानमा परेको छ । बाढीले वडा नम्बर २, ३, ५, ६ र ८ को अधिकांश घर डुबानमा परेको नम्बर २ का स्थानीय गंगा डगौराले बताए ।…
-
झरही खोलाको बाढीले परासी बजार जलमग्न

बुटवल । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ । परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घर डुबानमा परेका छन् । डुबानले परासी बजारका…
-
कटैनी नदिको बाढीले छटकपुर बसन्ता गाउँ जलमग्न

धनगढी । कैलाली जिल्लामा अविरल वर्षापछि आएको बाढीले १ घर बगाएको छ भने बाढीमा फसेका २ जनाको मध्यराति उद्धार गरिएको छ ।जिल्ला प्रशासन कार्यालय कैैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा काठे पुल, दुर्गा मन्दिरस्थित ४२ वर्षीय गणेशदत्त पाण्डेको इँटाले बनेको टिन छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय…
-
भदौ १४ गते सार्वजनिक बिदा

कैलाली, १० भदौ । सरकारले अगामी भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी एवं थारू समुदायको अष्टिम्की पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।यस वर्ष अष्टिम्की पर्व आउँदो मंगलबार अर्थात भदौ १४ गते परेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरि नेपाल सरकार मन्त्रिपरिषदको यहि भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै…
-
जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाण्डौं, १० भदौ । दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।१५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी…
-
जनमोर्चाको प्रदेश कार्यसमिति पुनर्गठन

धनगढी । राष्ट्रिय जनमोर्चा नेपालले प्रदेश कार्य समिति पुर्नगठन गरेको छ ।जनमोर्चाको एक पक्षले प्रदेशको नेतृत्व अक्षम भएको भन्दै विद्रोह गरी सुदूरपश्चिम प्रदेश कार्य समिति पुर्नगठन गरेको हो ।जनमोर्चा केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्रीको प्रमुख आतिथ्यमा भएको भेलाले राष्ट्रिय जनमोर्चा कञ्चनपुरका पूर्वअध्यक्ष एवं केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्सालको नेतृत्वमा प्रदेश कार्य समिति पुनर्गगठन भएको…