२४ कार्तिक २०८१, शनिबार November 9, 2024

मजगाउँ थारु होमस्टे व्यवस्थापन समिति गठन

१३ पुष २०८०, शुक्रबार
मजगाउँ थारु होमस्टे व्यवस्थापन समिति गठन

धनगढी, १३ पुस । मजगाउँ थारु सामुदायिक होमस्टे सञ्चालन गर्ने उद्देश्यले मजगाउँ थारु होमस्टे व्यवस्थापन समिति गठन भएको छ ।
गोदावरी नगरपालिका वडा ८ मजगाउमा बिहीबार गाउँका भल्मन्सा खड्ग बहादुर चौधरीको सभापतित्वमा प्रथम भेला सम्पन्न गर्दै समिति गठन गरेको हो । भेलाबातट कल्पना चौधरीको नेतृत्व ११ सदस्यीय समिति गठन भएको छ ।
समितिका उपाध्यक्षमा पेजराम चौधरी, सचिवमा वीर बहादुर चौधरी, सहसचिवमा मिना चौधरी, कोषाध्यक्षमा जानकी चौधरी रहेका छन् । त्यसैगरि समितिका सदस्यहरुमा क्रमशः श्यामलाल चौधरी, पनिराम चौधरी, प्रीती चौधरी, फुलचरण चौधरी, सबिता चौधरी र फकलु चौधरी रहेका छन् ।
नव गठित होमस्टे व्यवस्थापनकी अध्यक्ष कल्पना चौधरीले थारु कला संस्कृति भेषभुषा, खानपान रहनसहन संरक्षण सम्बद्र्धन तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सामुदायिक होमस्टे स्थापना गरेका छौ । यसले मजगाउँ लगायत समग्र गोदावरी नगरपालिकालाई चिनाउने छ ।
‘थारु कला सस्कृति भासा भेषभुषा खानपान संरक्षण सम्बद्र्धन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामुदायिक होमस्टे स्थापना गरिरहेको छौँ । यसले मजगाउँ लगायत समग्र गोदावरी नगरपालिकालाई चिनाउने छ । यसले पालिकाको पर्यटन प्रबद्र्धनमा पनि टेवा पुर्याउने छ ।! उनले भनिन्,‘अब तत्काल सम्बन्धित निकायमा दर्ता प्रक्रिया अगाडि बढाउने छौँ ।’
भेलामा वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरी, थाकस कैलालीका पूर्व कावा सभापति माधव चौधरी, थारु कल्याणकारिणी सभा गोदावरी नगर सभापति जनकलाल चौधरी लगायत बुद्धिजीवी, अगुवाहरु र गाउँका भद्रभलादमिहरुको सहभागिता रहेको थियो ।