२० मंसिर २०८१, बिहीबार December 5, 2024

धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डीपीआर तयार

६ पुष २०८०, शुक्रबार
धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डीपीआर तयार

धनगढी। कैलालीको धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ। धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ।

धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो। नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको बित्तीय लगानीमा निर्माण गरिने प्रस्तावित बसपार्कको डिपिआर तयार भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए।

धनगढी उपमहनगरले वडा नम्बर ३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा आधुनिक बसपार्क बनाउने तयारी गरेको हो। अहिले धनगढी बजार क्षेत्रमा रहेको बसपार्क एक बिघा जग्गामा मात्रै छ। डिपिआर तयार भएसँगै उपमहानगरलाई जग्गा भोगाधिकार प्राप्त गर्ने बाटो खुलेको छ।

वडा नम्बर–३ को कित्ता नम्बर १ को सरकारी जग्गाको स्वामित्व संघीय सरकारबाट प्राप्त गर्ने र आधुनिक बसपार्क बनाउने योजना उपमहानगरको छ। शहरी विकास तथा प्राविधिक महाशाखा प्रमुख इन्जिनियर दिजराज भट्टले लागत रकम भने अझै निक्र्यौल भइनसकेको बताए ।