२० मंसिर २०८१, बिहीबार December 5, 2024

कृषकको समृद्धिले मात्र विकास सम्भव : राज्यमन्त्री चौधरी

१५ मंसिर २०८०, शुक्रबार
कृषकको समृद्धिले मात्र विकास सम्भव : राज्यमन्त्री चौधरी

सुधराम दहित
जोशीपुर, १५ मंसिर । कृषकको समृद्धिले मात्र विकास सम्भव रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीले बताएका छन् ।
साना किसान कृषि सहकारी संस्था लि. जोशीपुरको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बताएका हुन् । “जोशीपुर क्षेत्रमा ९५ प्रतिशत मानिसहरु कृषि पेशामा आश्रित छन् । जीवीकोपार्जनको मूल आधार नै कृषि रहेका यहाँका बासिन्दाहरुको कृषि व्यवसायलाई व्यवस्थित गर्न आवश्यक रहेको । यसका लागि यस ठाउँका कृषकहरुको कृषि व्यवसायको स्थलगत अध्ययन गरि समस्याको पहिचानसँगै उनीहरुको आवश्यकता के छ, त्यस विषयमा जान्न जरुरी छ ।” मन्त्री चौधरीले भने ।
कृषकका लागि प्रदेशले दिने सेवा सुविधाको सूचना अझै स्थानीय लोकल क्षेत्रका पुग्न नसकेको कारण कृषकहरु सेवा सुविधा र अनुदानबाट बन्चित रहेको उनले बताए । यसका लागि प्रदेश सरकारले पहल र प्रयास गरिरहेको पनि उनले बताए ।
जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मार्शल पन्तले जोशीपुरको सातै वडामा कृषिका लागि माटो परिक्षण गर्ने, पशुपालनका लागि उचित स्थानको अवलोकन एवं स्थान परिक्षण र पानी परिक्षण गर्ने प्रयास र पहल भईरहको बताए ।
यसबाट यहाँका कृषकहरुलाई व्यवसायिक कृषि गर्नमा थप सहयोग पुग्ने पनि उनले बताए । जोशीपुरमा ३६ वटा सहकारी मध्य साना किसान सहकारी संस्थाले यहाँका बेरोजगारी न्यूनिकरणमा थप सहयोग गरेको बताउँदै उनले जोशीपुरको कृषि हाट बजार को विषयमा विशेष छलफल गर्ने बताए ।
जोशीपुर गाउँपालिकाले १ हजार क्वीन्टल क्षमता भएको शित भण्डार गृह (कोल्ड स्टोर) ३ करोडको लागतमा निर्माण गर्ने कार्य अगाडी बढाएको समेत उनले बताए ।
यस क्षेत्रका महिला कृषकहरुलाई विशेष गरि सहुलियत रुपमा ऋण प्रवाह गरि व्यवसायिक बनाउनमा साना किसान कृषि सहकारीले महत्वपूर्ण योगदान गरेको छ । तर कृषिकहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरण तथा भण्डारणको समस्यालाई स्थानिय, प्रदेश तथा संघिया सरकारको ध्यानाकर्षण हुन आवश्यक रहेको संस्थाकि अध्यक्ष गोमा देवी आचार्यको भनाई रहेको थियो ।
साना किसान कृषि सहकारी संस्था जोशीपुरको भवन सम्म जाने बाटो गापाले बन्द गरेकोमा समेत आपत्ति रहेको र त्यो बाटो संचालनमा नआए सहकारीका सम्पूर्ण शेयर सदस्य ल्याई आन्दोलन गर्ने पनि उनले बताइन् ।
कार्यक्रमलाई संस्थाकि प्रबन्धक तृसना भट्ट पाठकले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा पहुनाहरुलाई संस्थाका शेयर सदस्यहरुले उत्पादन गरेको फूल र तरकारी मायाको चिनोको रुपमा दिएको थियो । कार्यक्रममा उत्कृष्ट ३ जना कृषक महिला सदस्यहरुलाई संस्थाले नगद सहित प्रोत्साहन स्वरुप सम्मान गरेको थियो ।