१९ फाल्गुन २०८०, शनिबार March 2, 2024

शुक्लाफाँटा पत्रकारिता पुरस्कारबाट उन्नती चौधरी सम्मानित

१६ पुष २०७९, शनिबार
शुक्लाफाँटा पत्रकारिता पुरस्कारबाट उन्नती चौधरी सम्मानित

कैलाली । शुक्लाफाँटा पत्रकारिता पुरस्कारबाट उन्नती चौधरी सम्मानित भएका छिन् । शुक्लाफाँटा एफएमको १६ औँ वार्षिक उत्सवमको अवसरमा चौधरी शुक्लाफाँटा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
स्थानीय विकास मञ्च फोल्ड कन्चनपुर को पहल र समुदायद्वारा सञ्चालित सामुदायिक रेडियो शुक्लाफाँटा एफ एम ९९.४ मेगाहर्जले १६औं वार्षिकोत्सवको अवसरमा केर्नी न्यूजका सञ्चालक तथा सम्पादकलाई चौधरी नगद पुरस्कार सहित सम्मान प्रर्दान गरिन् ।
२०६३ साल पौष १५ गतेदेखि विधिवत रुपमा प्रशारणको थालनी भएको साविक महाकाली अञ्चलको पहिलो र सामुदायिक रेडियोले समाजमा रहेका विकृति र कुरीति कुसंस्कारको विरुद्ध अवाज उठाईरहेका अभियन्ताहरुलाई हरेक वर्ष पुरस्कृत गर्दै आईरहेको छ ।
शुक्लाफाँटा एफएम सुदूरपश्चिमको सर्वाधिक प्रशारण क्षमता भएको एफएम हो । रेडियोका अध्यक्ष बलबहादुर डगौराका अनुसार हरेक वर्ष शुक्लाफाँटा एफएमले स्थानीय तथा राष्ट्रिय क्षेत्रमा उल्लेख्य योगदान पुयाएका महानुभावलाई सम्मान, अभिनन्दन गर्दैआईरहेको जानकारी दिए ।
साथै वर्षको एक जना पत्रकारलाई पत्रकारिता क्षेत्रमा अनुकरणीय कार्य गरेवापत शुक्लाफाँटा पत्रकारिता पुरस्कार सहित सम्मान गर्ने परम्परा बसालेको बताए । सोही पुरस्कार यो वर्ष पत्रकार उन्नती चौधरीलाई प्रर्दान गरिएको हो ।