धनगढी । कैलालीमा मानव अधिकार उल्लंघनको घटनामा वृद्धि भएको छ । बिहीबार धनगढीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३’ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममे मानव अधिकार उल्लंघनका घटना वृद्धि भएको तथ्यांक प्रस्तुत गरिएको हो ।
इन्सेकमा २०२२ जनवरीदेखि डिसेम्बरसम्म ३११ मानव अधिकार उल्लंघनका घटना अभिलेख भएका छन् । उक्त घटनामा २९२ महिला र २२ पुरुष गरी ३१४ जना पीडित भएका थिए । इन्सेकमा गत वर्ष सोही अवधिका मानव अधिकार उल्लंघनको घटनामा २२३ जना पीडित भएका थिए । जसमध्ये २११ महिला र १५ जना पुरुष पीडित भएका इन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशीले बताए । उनले भने, “यसरी हेर्दा महिलाहरू बढी मानव अधिकार उल्लंघनको घटनामा परेका छन् ।”
उहाँका अनुसार यो वर्ष २९३ जना महिला पीडित भएका थिए । जसमध्ये घरेलु सिंहबाट २२४, बलात्कारबाट १८ जना, बलात्कार प्रयासबाट एक जना र बहुविवाहबाट दुई जना पीडित भएका थिए । त्यस्तै, मानव अधिकार उल्लंघनको घटनामा ४० जना बालबालिका पीडित भएका छन् । जसमध्ये बलात्कारबाट २९, बेचबिखनमा ३, यौनदुव्र्यवहारबाट ४, बलात्कार प्रयासबाट ४, कथित बोक्सीको आरोपमा १ जना पीडित भएका छन् । त्यस्तै परिवारबाटै ३ जना महिलाको हत्या र ३ जना महिला घाइते भएका छन् । यस अवधिमा अन्य पक्षबाट ४ जना र परिवारबाट १ जना पुरुषको हत्या, १२ जना उपर कुटपिट, ३ जनामाथि दुव्र्यवहार भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।