२२ भाद्र २०८१, शनिबार September 7, 2024

बस्तीमा बाघ पस्न थालेपछि सतर्कता अपनाउन अपिल

१४ पुष २०७९, बिहीबार
बस्तीमा बाघ पस्न थालेपछि सतर्कता अपनाउन अपिल

कैलाली । कैलालीको दक्षिणपूवी क्षेत्र कैलारी गाउँपालिकामा बाघ डुल्नथाले पछि स्थानीय त्रसित भएका छन् । केही सातायता बस्तीमै बाघ डुल्न थालेपछि सो क्षेत्रका स्थानीय त्रसित भएका हुन् । गाउँपालिकाको वडा नम्बर ५ र ७ को विभिन्न बस्तीहरूमा बाघको त्रास फैलिएको हो ।
स्थानीयले सो बाघ भारतको दुधुवा नेशनल पार्कबाट वसन्ता कोरिडोर हुँदै बस्तीसम्म पुग्नेको आशंका व्यक्त गरेका छन् । सो बाघ नरभक्षी रहेको आशंका बढेपछि झनै स्थानीयहरू त्रसित भएका हुन् । स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही सातादेखि गाउँ, खेततिर देखिने गरेको छ । बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ ।
प्रायः दिनहुँ बाघ देखिन थालेपछि स्थानीय पालिकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । गाउँपालिकाको ७ नं. वडा कार्यालयले बिहीबार एक सूचना जारी गरी स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको हो । गाउँपालिकाका प्रवक्ता समेत रहेका ७ नं. वडाध्यक्ष दीपेन्द्र बमले बाघ देखिएको अवस्थामा इलाका प्रहरी कार्यालय हसुलिया, सशस्त्र प्रहरी बल पोष्ट रामपुर, सबडिभिजन वन कार्यालय वसन्ता वा वडा कार्यालयलाई तत्काल जानकारी गराउन अनुरोध गरेको बताए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहोस ।