२० मंसिर २०८१, बिहीबार December 5, 2024

नागरिक उन्मुक्तिको अडान : रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने

११ पुष २०७९, सोमबार
नागरिक उन्मुक्तिको अडान : रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने

काठमाडौं, ११ पुस । संरक्षण रेशम चौधरीको रिहाइ नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ।पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो।
तर, उक्त पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई भने समर्थन गर्नेछ। नागरिक उन्मुक्तिमा ४ सांसद छन्।राप्रपाले पनि सरकारमा नगएर सरकारलाई समर्थन मात्रै गर्नेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे शपथ लिँदैछन्। सोही क्रममा केही मन्त्रीले पनि शपथ लिँदैछन्।
माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने र राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने भएको छ।