२७ आश्विन २०८१, आईतवार October 13, 2024

लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

२४ मंसिर २०७९, शनिबार
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम सहित शनिबार सम्पन्न भएको छ ।
अभियान अन्र्तगत गाउँपालिको प्रत्येक वडामा विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले जानकारी दिइन् । गाउँपालिकाको ९ वटै वडामा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण, समाजमा रहेका कुरीतिजन्य परम्परा विरुद्धको अभिमुखिकरण तथा सचेतनामुलक ¥याली, बालविवाह तथा बहुविवाह न्युनीकरण सम्बन्धि कार्यक्रम आयोजना गरि मनाइएको शाखा प्रमुख चौधरीले बताइन् ।


कैलारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक सन्तराम चौधरीको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरी, कार्यपालिका सदस्य, महिला र दलित सदस्य, सरकारी तथा गैरसरकारी संघ सस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
सोही अवसरमा महिलाहरुका लागि म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा जब्दहुवाकी लहाजी चौधरी प्रथम, इलाका प्रहरी कार्यालय हसुलियाकी नेपाल प्रहरी जवान नविना महरा द्धितीय, र मनाउकी गीता चौधरी तृतीय भएकी थिइन् ।


कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा गाउँपालिका अन्र्तगतका क्रियाशिल संघसस्थाहरु चेतनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, पारदर्शी महिला विकास सहकारी संस्था, टीपीओ नेपाल, सामाजिक सेवा अध्ययन केन्द्र, महिला पुनःस्थापना गृह, दलित महिला अधिकार मञ्च, महिला सञ्जाल, महिला, इन्सेक, नेपाल प्रहरी र पिसविन कैलालीको समन्वयमा कार्यक्रम भएको थियो ।