२० माघ २०७९, शुक्रबार February 3, 2023

अन्नु चौधरी सम्मानित

२२ मंसिर २०७९, बिहीबार
अन्नु चौधरी सम्मानित

कैलाली । सुदूरपश्चिम महोत्सव बिहीबार देखि धनगढीमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरेका हुन् ।
सोही अवसरमा कैलाली उद्योग वाणिज्य संघले समाज योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । संघले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, गायन लगायत क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
गायन क्षेत्रमा योगदान पुर्‍याउने चर्चित गायिका अन्नु चौधरीलाई पनि सम्मान गरेको हो । प्रधानमन्त्री देउवाले गायिका चौधरीलाई सम्मान गरेका हुन् । गायिका चौधरीले नेपाली, थारु लगायत सयौँ गीतमा आफ्नो सुमधुर स्वर भरिसकेकी छन् ।