९ बैशाख २०८३, बुधबार April 22, 2026

जनप्रतिनीधीलाई बधाइ तथा सम्मान

२१ मंसिर २०७९, बुधबार
जनप्रतिनीधीलाई बधाइ तथा सम्मान

कैलाली । जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनीले नवनिर्वाचित जनप्रतिनीधीहरुलाई बधाई तथा सम्मान गरेका छ ।
बुधबार एक कार्यक्रम आयोजना गर्दै कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी र कैलाली क्षेत्र नं. ३(क)का प्रदेश सभा सदस्य घनश्याम चौधरी र कैलाली क्षेत्र नं. १(क)का प्रदेश सभा सदस्य कैलाश चौधरीलाई बधाई तथा सम्मान गरेका हो ।
स्रोत केन्द्रका अध्यक्ष हेमेन्द्र भारद्वाजको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवा, वडा नम्बर १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, महुन्याल बहुमुखी क्याम्पस भजनीका अध्यक्ष प्रदीप मल्ल, साहित्यिक समाज भजनीका अध्यक्ष टीका राम जोशी, पुस्तकालयका भुतपुर्व अध्यक्ष तथा सल्लाहकार डम्बर खड्का, सल्लाहकार तथा समाजसेवी रुद्र प्रसाद जोशी रहेका थिए ।
कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार सदस्य, पत्रकार, पुस्तकालयप्रेमी लगायतको उपस्तिथि रहेको थियो ।
जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनीका उपाध्यक्ष तथा पुस्तकालयका केन्द्रीय उपाध्यक्ष ज्ञानराज बिनाडीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव कवि राज जैशीले गरेका थिए ।