७ फाल्गुन २०८१, बुधबार February 19, 2025

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीबाट उद्घाटन

२० मंसिर २०७९, मंगलवार
सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीबाट उद्घाटन

कैलाली । सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेका छ । यही मंसिर २२ गतेदेखि आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । मंगलबार पत्रकार सम्मेलन मार्फत कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको तयारी ९० प्रतिशत पुरा भएको बताए ।
‘महोत्सवको तयारी ९० प्रतिशत पुरा भइसकेको छ, भोली साँझसम्म सबै तयारी पुरा हुने छ।’ उनले भने ।
दुई करोड लगानीमा महोत्सव आयोजना भइरहेको बताउँदै अध्यक्ष कुँवरले महोत्सवबाट व्यवसायीले ५ देखि ७ करोडको कारोबार गर्ने बताए । सुदूरपश्चिम महोत्सव सबैका लागि चाँडपर्व जस्तै भएकाले मिलेर सम्पन्न गर्न उनले आग्रह गरेका छन् ।
सोही अवसरमा अध्यक्ष कुँवरले महोत्सवको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाबाट हुने पनि बताए ।
महोत्सव उद्घाटनकोलागि कैलाली उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिसकेको अध्यक्ष कुँवरले जानकारी दिए ।
‘दिगो विकासका लागि आर्थिक सम्वृद्धि’ मुल नारासहित आयोजना हुने महोत्सवमा चर्चित लोक तथा दोहोरी गायकहरु आउने भएको अध्यक्ष कुँवरले बताए ।
उनका अनुसार महोत्सव अवधिभरि नै स्थानीय कलाकार, थारु, राना थारु र पहाडी समुदायको कलासंस्कृति झल्किने नाच गान, खानपिन, स्कुलका बालबालिकाहरुको प्रतिभालाई प्रोत्सहान गर्न प्रतियोगिता जस्ता कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ को पशुपति टोलमा आयोजना भईरहेको महोत्सवमा व्यापारिक स्थल रमाईलो मेला सांस्कृतिक कार्यक्रक लगायत स्थानीय कला संस्कृति र पहिचानको प्रर्वद्धन तथा संरक्षणको लागि २०६३ देखि नै हरेक वर्ष आयोजना हुँदै आएको छ ।
महोत्सवमा सर्वसाधारणका लागी १०० रुपैयाँ टिकट र विद्यार्थीहरुलाई आइडि कार्ड मार्फत ५० प्रतिशत छुट दिइने आयोजकले निर्णय गरेको छ ।