८ बैशाख २०८१, शनिबार April 20, 2024

धनगढी उपमहानगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सेवा

२० मंसिर २०७९, मंगलवार
धनगढी उपमहानगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सेवा

कैलाली । धनगढी उपमहानगरपालिकाले विरामी तथा सुत्केरी आमाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
उपमहानगरपालिका अन्र्तगतका १९ वटै वडाहरुका विरामी तथा सुत्केरी आमाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने जनाएको छ । मंगलबार एक सूचना जारी गरि उपमहानगरपालिकाले आफ्नो पालिका भित्र निःशुल्क एम्बुलेन्स सेवा दिने बारे जानकारी गराएको हो ।
उपमहानगरपालिकाले सावन १ गते देखि हरेक वडामा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा पनि सञ्चालन गर्दै आएको छ ।