पबिता चौधरी
मुक्तक १
देशलाई खोक्रो बनाएर नेपाल नामको अवषेश बदल्नेहरु ।
कत्तिको सपना देखाए त जनताको परिवेश बदल्नेहरु ।
कागजमै सिमित छन् कि घोषणापत्रमा उल्लेखित बुँदा,
के साच्चै परिवर्तन ल्याउँछन् र चुनाव पछि देश बदल्नेहरु ।
मुक्तक २
पार्टी र पर्चासँग हामीलाई के को सरोकार ।
हामीलाई चाहिएको हजुर भरपर्दो उम्मेदवार ।
नयाँको नयाँपनको असर केहि छिन् त होला,
आखिर कुहिएको राजनीतिको कुहिएकै आकार ।
मुक्तक ३
आज भोली झुटको खेती निकै फस्टाउँदै होला ।
कसै कसैलाई त अवसर नि मस्त आउँदै होला ।
जनताको जिन्दगीमा उर्जा भर्ने कोहि आउँदैनन्,
भएका आशाका किरणहरु पनि अस्ताउँदै होला ।
बारबर्दिया नगरपालिका १० बर्दिया