७ फाल्गुन २०८१, बुधबार February 19, 2025

भजनीमा १९औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

१९ मंसिर २०७९, सोमबार
भजनीमा १९औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

भजनी । भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रबर्द्धन हाम्रो ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ प्लेकार्ड, ब्यानर सहित प्रभातफेरी नारा सहित बजार परिक्रमा गरि भजनी नगरपालिकाको प्राङ्गणमा दिवस मनाइएको हो ।
महिला स्वास्थ्य स्वयंसेविकाका सुदुर पश्चिम प्रदेश संयोजक सान्ती लामाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथीमा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओली र अतिथीहरुमा वडा नं. ३ का वडा अध्यक्ष तथा भजनी नगरपालिकाका प्रवक्ता बिक्रम चौधरी, प्राथमिक स्वास्थ्य केन्द्र भजनीका कार्यालय प्रमुख डा. सुरेश ताम्राकार, इलाका प्रहरी कार्यालयका प्रमुख धर्मेन्द्र खड्का, कार्यपालिका सदस्य, भजनी नगरपालिकाका सम्पुर्ण शाखाका शाखा प्रमुख, भजनी नगरपालिका स्तरका स्वास्थ्य केन्द्रका प्रमुख रहेका थिए ।
दिवसको अवसरमा सेवा निवृत २ जना स्वास्थ्य स्वयसेविकालाई प्रशंसा पत्र सहित ५० हजार नगद तथा माला लगाइ सम्मान गरिएको थियो । त्यसैगरी गत वर्षमा उत्कृष्ट कार्य गर्ने ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसा पत्र सहित १ हजार नगद तथा माला लगाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भजनी नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख कैलाश चौधरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक लक्ष्मी चौधरीले गरेकी थिइन ।