२० माघ २०७९, शुक्रबार February 3, 2023

वडा कप प्रतियोगिता हुने

१९ मंसिर २०७९, सोमबार
वडा कप प्रतियोगिता हुने

कैलाली । कैलारी गाउँपालिकाको विभिन्न वडामा वडा कप प्रतियोगिता हुन गइरहेको छ । यसै बिच कैलाली गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्तामा वडा कप प्रतियोगिता हुने भएको छ ।
श्री शंकर युवा क्लब बसन्ता तथा यूवा समन्वय समितिको सहकार्यमा भोलि मंगलबार देखि प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा फुटबल(पुरुष, महिला), भलिबल(पुरुष), ब्याडमिन्टन(पुरुष) हुने जनाइएको छ ।
प्रतियोगिताको पुरस्कारमा फुटबल(पुरुष) तर्फ प्रथम ५ हजार, द्धितीय ३ हजार, फुटबल(महिला) प्रथम ५ हजार, द्धितीय ३ हजार, भलिबल(पुरुष) तर्फ प्रथम ५ हजार र द्धितीय ३ हजार रहेको छ । प्रतियोगिता लिग सिस्टम अनुसार खेलाइने छ ।
अगामी मेयर कप प्रतियोगितामा सहभागी हुनका लागि यसै प्रतियोगिताबाट छनौट गरिने क्लबका जीया चौधरीले जनाएका छन् ।