१४ मंसिर २०८०, बिहीबार November 30, 2023

सडक दायाँबाया रहेका संरचना हटाइने

१९ मंसिर २०७९, सोमबार
सडक दायाँबाया रहेका संरचना हटाइने

कैलाली । कैलारी गाउँपालिकामा पनि अतिक्रमित संरचना हटाइने भएको छ ।
कैलारी गाउँपालिका २ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै वडा नम्बर २ बसौटी गाउँ अन्र्तगतका सडकको दायाँबायाँ रहेका संरचना हटाउने भएको हो । वडा कार्यालयले यही मंसिर १६ गते शुक्रबारको दिन सडक बाटोघाटो खाली गर्ने ३५ दिने सूचना जारी गर्दै संचरना हटाउन अनुरोध गरेको छ ।


नक्सा अनुसार बसौटी गाउँमा रहेको विभिन्न सडकको बिच सेन्टरबाट दायाँ बायाँ रहेका घर, पराल, दाउरा, रुख बाँस, गोबर ग्यास, शौचालय, खोर लगायतका संरचना हटाउन सूचना जारी गरेको वडा अध्यक्ष विकास चौधरीले जानकारी दिए ।
सडक चौडा तथा स्तरोन्नती गर्र्ने उद्देश्यले सडकको दायाँबायाँ रहेको संरचना हटाउन लागेको अध्यक्ष चौधरीले जानकारी दिए ।
यसका साथै वडा नम्बर २ अन्र्तगत उजलीसेमरा र बसौटीसम्मको सडक स्तरोन्नतिका लागि पनि सडक दायाँबायाँ रहेका संरचना हटाउनका लागि ७ दिने सूचना जारी गरिएको छ । वडा अध्यक्ष चौधरीले उक्त सडक १५ मिटर चौडा रहने बताउँदै सडक स्तरोन्नतिका लागि गाउँपालिकाले १५ लाख बजेट पनि विनियोजन गरेको जानकारी दिए ।