हसुलिया । कैलारी गाउँपालिका वडा नं १ मा वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ ।
वडा नं १ का वडाअध्यक्ष धोजहरिपाल बोहराको अध्यक्षतामा ७ सदस्यीय वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको हो । समितिका सदस्यमा लिलापति चौधरी, कमलेश चौधरी, बजारीराम चौधरी, माया चौधरी, धनपती चौधरी, मन्जु अधिकारी रहेका पीसवीन कैलालीकी जिल्ला परियोजना संयोजक शान्ती मगरले बताईन् ।
नेपालमा प्रारम्भिक बाल शिक्षा र विकासको सबलिकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना अन्तर्गत वडा स्तरीय बालविकास समिति गठन गरिएको र ९ वटै वडामा गठन प्रक्रिया सुरु गरिएको परियोजना संयोजक मगरल जानकारी दिईन् ।
प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय पक्षबाट भएका कार्यहरू एकीवृmत गर्ने, प्रारम्भिक बाल्यावस्थाका बालबालिकाको सर्वाङ्गीण विकासको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहको भूमिका प्रवद्र्धन गर्ने, स्थानीय तहमा तर्जुमा गरिने वार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासका क्षेत्रमा लगानी गरी गुणस्तर अभिवृद्धि गर्न मद्दत पु¥याउने उद्देश्य रहेको छ ।
वडा स्तरमा गठित समितिले आगामी दिनहरुमा स्थानिय स्तरमा प्रमुख कार्यान्वयनकर्ताको रुपमा भुमिका निर्वाह गर्नेछ जसले प्रारम्भिक बालविकास रणनिति लागु गर्न, प्रारम्भिक वालविकासका कार्यक्रमहरु कार्यान्वयन, प्रारम्भिक वालविकासका कार्यक्रम कार्यान्वयनका लागि आर्थिक स्रोतको व्यवस्थावपन र परिचालनको गर्ने अपेक्षा लिइएको छ ।
उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले प्रारम्भिक बालविकासको सवालमा गाउँपालिका निकै संवेदनशिल बनेको बताए । ‘यस कार्यक्रमले गाउँपालिकाको समग्र बालविकासको शैक्षिक गतिविधिमा उल्लेखनिय सुधार भएको पाएका छौँ’, उनले भने–‘यस क्षेत्रमा भएको मुख्य समस्या अनि सवाललाई मध्यनजर गर्दै आगामी दिनहरुमा परियोजना टिमसँग सहकार्य गर्दै अगााडी बढनेछौँ ।’
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सचिव, वडा सदस्य,विषयगत शाखा प्रमुख, शिक्षा शाखा प्रमुख,बाल क्लव, महिला स्वास्थ्य स्वयंसेविका, भलभन्सा लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।