२७ आश्विन २०८१, आईतवार October 13, 2024

कैलालीको सन्दरपुरमा लवाङ्गी पुजा

१६ मंसिर २०७९, शुक्रबार
कैलालीको सन्दरपुरमा लवाङ्गी पुजा

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका १० सुन्दरपुरमा आज शुक्रबार देखि दुई दिन लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम २०७९ हुने भएकोछ ।
‘भाषा, कला, संस्कृति हमार पहिचान ! थारु बैदिक गुरुवा प्रशिक्षण केन्द्र ओ थारु संग्राहलय बनैना हमार साझा अभियान’ मूल नारा सहित पाँचुवा लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
थारु गुरुवा बैदवा समाज सेवा समिति र गौरीगंगा नगरपालिका भल्मन्सा समाजको संयुक्त आयोजनामा कार्यक्रम हुन गइरहेको कार्यक्रमका मिडिया संयोजक दिनेश दहितले जानकारी दिए ।
कार्यक्रममा आज शुक्रबार दिनको १२ बजे उद्घाटन हुने, १ बजेदेखि सांस्कृतिक कार्यक्रम र साँझ ७ बजेदेखि ढाक बजाउने र गुरुवाहरुको नाच रहेको मिडिया संयोजक दहितले बताए । त्यसैगरि थारु समुदायको पौराणिक नाच, बैदिक गुरुवा नाच, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती र स्थानीय भेषभूषा र खानपानको प्रदर्शनी रहने जनाइएको छ ।
थारु समुदायमा लवाङ्गी पूजा परापूर्वक काल देखि मनाउँदै आएका छन् । यो पुजा विशेष गरि थारु समुदायले नयाँ अन्नबाली भित्र्याइ सकेपछि प्रसादको रूपमा आफ्नो देवी देवतालाई चढाउने गरिन्छ ।