२५ मंसिर २०८२, बिहीबार December 11, 2025

नेफिनको अध्यक्षमा वासमति राजी

१४ मंसिर २०८२, आईतवार
नेफिनको अध्यक्षमा वासमति राजी

धनगढी, १३ मंसिर । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) थरुहट खसान (सुदुरपश्चिम) प्रदेश समन्वय परिषदको अध्यक्षमा वासमति राजी निर्वाचित भएकी छिन् ।


नेफिनको शनिबार धनगढीमा भएको दोस्रो प्रदेश अधिवेशनबाट वासमति राजी निर्वाचित भएकी हुन् ।
अधिवेशनमा अध्यक्ष पदका लागि रामकुमारी चौधरी र वासमति राजीले उम्मेदवारी दिएका थिए । महासंघमा आबद्ध १० जातीय संस्थाको प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनमा राजीले ६ मतका साथ अध्यक्षमा विजयी भएकी थिइन् । उनको प्रत्यासी चौधरीले ३ मत प्राप्त गरेकी थिइन् । अधिबेशनबाट अन्य पदाधिकारीहरु भने, निर्विरोध भएको निर्वाचन अधिकृत नाथुराम महतोले जानकारी दिए ।
उपाध्यक्षमा कृति बहादुर थापामगर, कविराज तामाङ र रुकमाया भुजेल निर्वाचित भएका हुन् । मुख्यसचिवमा तमान सिंह गुरुङ, कोषाध्यक्ष्मा विजय कुमार राई निर्वाचित भएका हुन् ।