४ बैशाख २०८३, शुक्रबार April 17, 2026

धनगढीमा भोलि नेकपाको पार्टी एकता सन्देश सभा हुँदै

११ मंसिर २०८२, बिहीबार
धनगढीमा भोलि नेकपाको पार्टी एकता सन्देश सभा हुँदै

धनगढी, ११ मंसिर । नेपाली कम्युनिष्ट पार्टीको भोलि मंसिर १२ गते शुक्रबार धनगढीमा पार्टी एकता सन्देश सभा हुँदैछ । सुदूरपश्चिम प्रदेशस्तरीय एकता सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।
एकता सन्देश सभाको तयारीका बारेमा जानकारी दिन बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सभाको लागि आवश्यक तयारी पूरा भएको बताए ।
उनले शुक्रबार बिहान धनगढीको क्याम्पस रोड चोक तथा चौराहबाट बिहान ११ः३० बजे भेला भई त्यहाँबाट जुलुस सहित धनगढी रंगशालाको दक्षिण–पश्चिमको चौरमा १२ः३० बजे सन्देश सभा हुने बताए ।
उनले गाउँ, शहर सबै ठाउँमा पार्टीका नेता, कार्यकर्ता, जनवर्गीय संगठनका नेता कार्यकर्ताले सन्देश सभाको बारेमा सन्देश पु¥याइ सकेको बताउँदै सभामा ठूलो संख्यामा जनताको उपस्थिति हुने बताए ।
डा. रावलले जुलुस तथा सन्देश सभा अत्यन्तै शान्तपूर्वक हुने बताउँदै जुलुस तथा आम सभामा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, जनता सबैले ढुक्कका साथ सहभागी हुन आव्हान गरे । सभाको शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनसँग गहन छलफल भएको पनि उनले बताए ।
उनले भने ‘आर्थिक र विकासका दृष्टिकोणले पछौटेपनको सिकार भइरहेको सुदूरपश्चिमका सम्पूर्ण जनतालाई विकास, समृद्धि, रोजगारीका लागि विगतका गल्ती कमजोरीबाट पाठ सिकेर अगाडिको बाटोमा डो¥याउने हाम्रो संकल्पलाई धनगढीका सडक, चौरमा प्रतिध्वनित गर्नेछौँ ।’
सन्देश सभाको तयारीका लागि नेपाली कम्यनिष्ट पार्टीले मूल व्यवस्थापन समिति र विभिन्न १३ वटा उपसमिति गठन गरेर तयारी थालेको थियो ।

सन्देश सभालाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह‐संयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।