धनगढी, ६ मंसिर । एकल महिला, द्वन्द प्रभावित महिला र सीमान्तकृत समुहलाई लक्षित गरी महिला सशक्तीकरण नेतृत्व, द्वन्द समाधान परिवर्तन तथा दिगोपना सम्बन्धी सीप अभिवृद्धि लागि वेसार खेती, अर्गानिक तरकारी खेती तथा राजमा खेती सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ ।
मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेशले कुर्वे विष्ट्रोको सहयोगमा आयोजना भएको पाँच दिन तालिम शनिबार सम्पन्न भएको हो ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्कारराज ओझा सबै जनाले आफनो क्षमता सीप अनुसार काम गरे कोई पनि वेरोजगार नहुने बताए । उनले भने, विदेश कुनै घरमा चार जना सदस्य छन भने चारै जना काम गर्छन तर हाम्रो देशको अवस्था हे¥यो भने कुनै घर चार जना भए एक जना काम गर्ने अरु सदस्य त्यसैमा निर्भर हुने परिपाटी रहेको छ ।
एकल महिला, द्वन्द प्रभावित महिला र सीमान्तकृत समुहले उद्यमी बनि कुनै व्यवसाय गरे कैलाली उद्योग बाणिज्य संघ पुलको काम गरी बजारीकरणमा सहयोग अध्यक्ष ओझाले बताए । धनगढी बजार उज्यालो भैसकेकोले रात्रीकालिन बजार संचालनको लागि आग्रह गरेको र सुरक्षाका लागि सिसि क्यामेरा चाहे कैलाली उद्योग बाणिज्य संघसे उपलब्ध गराउने बताए ।
कोरोना कालमा नेपालीहरु तरकारीमा करिब आत्मनिर्भर भैसकेका थिए, उनले भने, अहिले फेरी भारतका तरकारीमा निर्भर हुनलागेका छन । यहाँ उत्पादन र उद्यम संंचालन गर्नसके बजारपनि रहेकोले बजारीकरणमा समस्या हुदैन ।
कैलाली उद्योग वाणिज्य संघले यहि मंसिर २२ गतेदेखि संचालन गर्न गैरहेकोमा एकल महिला, द्वन्द प्रभावित महिला र सीमान्तकृत समुहलाई एक वटा स्टल निशुल्क रुपमा उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका उपसचिव झंकरबहादुर रावल नेपालमा धेरै स्रोत साधन रहेको तर व्यवस्थापन र प्रयोग गर्न नसकेको बताए । नेपाली बजारमा भारतिय उत्पादन बढी हुँदा यहाँका व्यवसायी, उद्यमी मारमा परेकोले भारतिय तरकारीहरु बन्द गरी नेपालमा उत्पादनमा जोड दिए यहाँका एकल महिला, द्वन्द प्रभावित महिला र सीमान्तकृत समुहलाई फाइदा पुग्ने बताए ।
फाया नेपालका अध्यक्ष तथा महिला अधिकारकर्मी गोमा आचार्य हरेक महिलासँग केही न केही सीप रहेकोले सीपको प्रयोग गरी बनाएको बस्तुलाई व्यावसायिक बनाउन सके आर्थिक रुपमा शसक्त बनाउन सकिने बताइन् ।
कार्यक्रममा सहजीकरण गर्दै मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेशका कार्यक्रम अधिकृत वेद अवस्थी एकल महिला, द्वन्द प्रभावित महिला र सीमान्तकृत समुहलाई आर्थिक सशक्तिकरण र नेतृत्व तहमा पुगाउन का लागि तालिमको आयोजना गरेको बताए ।
उनले उद्यमी व्यवसायीबाट उत्पादन गरेका वेसार संकलनका लागि धनगढीमा एक र गोदावरीमा दुई गरी तीन वटा संकलन केन्द्र स्थापना गरिने बताइन् ।
कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश अध्यक्ष सुमन शर्मा, उपाध्यक्ष शान्ती महत, उद्यमी प्रिया रानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समुहका जिल्ला अध्यक्ष भगवती हमालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा समुहका कोषाध्यक्ष मीना भण्डारी स्वागत मन्तव्य राखेकी थिइन् । तालिममा पाँच दिनसम्म कृषि प्राविधिक हेमराज भट्टले प्रशिक्षण दिएका थिए । तालिममा गोदावरी र धनगढी उपमहानगरपालिकाका २५ जना सहभागि रहेका थिए ।