७ फाल्गुन २०८२, बिहीबार February 19, 2026

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

२४ कार्तिक २०८२, सोमबार
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, २४ कात्तिक । कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।
यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ । गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।