७ फाल्गुन २०८२, बिहीबार February 19, 2026

कटैनी नदिमा पुल निर्माण सुरु

२३ कार्तिक २०८२, आईतवार
कटैनी नदिमा पुल निर्माण सुरु

धनगढी, २३ कात्तिक । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुर स्थित कटैनी नदिमा पक्की पुल निर्माण सुरु भएको छ ।
पुल निर्माण कार्य सुरु भएको वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले जानकारी दिए । कृषि सडक अन्तर्गत पर्ने उक्त पुल मणिलेख निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको हो । निर्माण कम्पनीले डेढ वर्ष भित्र पुल निर्माण कार्य सम्पन्न हुने जनाएको छ ।
पुल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको ९ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
पुल निर्माण भएपछि वडाबासीको सयौँ वर्षको सपना पुरा हुने वडा अध्यक्ष बमले बताए । पुल निर्माण कार्य सुरु भएपछि स्थानीय पनि खुशी भएका छन् । नदिमा पुल नहुँदा खासगरि बर्खाको बेला रामपुर, भुँइयाँफाटा, तिघरी लगायतका स्थानीयलाई ओहोरदोहोर गर्न निकै नै समस्या रहेको हुन्छ । उक्त ठाउँमा पुल निर्माणका लागि बिगत लामो समय देखि यहाँका स्थानीयले माग गर्दै आएका थिए । बर्खाको बेला नदिमा आउने बाढीले काठेपुल बगाउँदा यहाँका स्थानीयलाई झन सास्ती खेप्नु परेको छ ।