काठमाडौं, १७ कात्तिक । युवा अभियन्ता इन्दु थारूको संयोजकत्वमा थारू नागरिक अभियान गठन भएको छ ।
काठमाडौमा बसेको बैठक भेलाबाट युवा अभियन्ता थारुको संयोजकत्व मा थारू नागरिक अभियान गठन भएको हो । थरूहट थारूवानको मुद्दा उठान तथा बहस गर्न र निस्पक्ष/ स्वतन्त्र प्रगतिशील अभियान सञ्चालन गर्न एक लुच फोरम आवश्यकतालाई महसुस गर्दै थारू नागरिक अभियान गठन गरिएको हो ।


यस थारू नागरिक अभियान अन्तर्गत रहने गरि जेन्जी संयोजकको जिम्मेवारी अर्णव चौधरीलाई सर्बसम्मत गरिएको छ । थारू नागरिक अभियानको पहलमा काठमाडौ उपत्यका भित्र सम्पुर्ण थारूसँग सम्बन्धित संघ संस्था, थारू अगुवा, लगायत सरोकारवालाहरुसँग बृहत अन्तरक्रिया गर्ने र देशैभरि अभियानलाई सञ्चालन गर्ने जनाएको छ ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पश्चात् नेपालको थारू समाजमा देखिएको उकुसमुकुस तथा शूण्यतालाई सम्बोधनका लागि अभियान गठन गरिएको थारू अगुवा माधव थारूले जानकारी दिए ।

उनले भने, ‘जेन्जी आन्दोलन पश्चात् देशको परिवर्तित अवस्थामा समग्र थारू समुदायको भुमिकाको सन्दर्भमा थारुहरुको आवाज बुलन्द हुनु पर्दथ्यो बिडम्बना त्यसो हुन सकेन । थारू समाजमा देखिएको उकुसमुकुस तथा शूण्यतालाई सम्बोधन गर्नका लागि नागरिक अभियान गठन गरिएको हो ।’
थारू नागरिक अभियानले सम्पुर्ण थारू युवा, अगुवाहरुलाई अभियानमा जोडिन र थरूहट थारूवान आदोलनले उठान गरेका मुद्दा सम्बोधन प्रक्रियामा हातेमालो गर्न आह्वान पनि गरेको छ ।