धनगढी, ११ मंसिर । सीमावर्ती भारतीय गाउँ बेलापरसुआमा साप्ताहिक बजार (हाट बजार) लाग्न सुरु भएको छ ।

हरेक हप्ताको आइतबार लगाउने गरी साप्ताहिक बजार सुरु गरिएको हो । गढीबाबा मेला लाग्ने स्थानमा साप्ताहिक बजार लागिरहेको बेलापरसुआका लल्लन कठरियाले जानकारी दिए । उनका अनुसार हाट बजारमा खरिद बिक्रीका लागि नेपालको भजनी नगरपालिका, कैलारी गाउँपालिका लगायतका स्थानबाट ग्राहक आउने अपेक्षा गरिएको छ ।
यस्तै, बजारमा नेपाली कृषकले पनि तरकारी लगायतका आफ्ना उत्पादन बिक्री गर्न सकिने जनाइएको छ । साप्ताहिक बजारमा कपडादेखि लिएर तरकारी, मिठाइका परिकार लगायत खरिद गर्न सकिने कठरियाले जानकारी दिए ।


