११ माघ २०८१, शुक्रबार January 24, 2025

सेती अस्पतालमा सिकलसेलको परिक्षण निःशुल्क

४ मंसिर २०८०, सोमबार
सेती अस्पतालमा सिकलसेलको परिक्षण निःशुल्क

धनगढी । सेती प्रादेशिक अस्पतालले अबदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ । प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धि निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) को निःशुल्क गरिने जनाएको हो ।
प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका विरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो । अस्पतालले जारी गरेको सूचनामा भनिएको छ–‘अस्पतालको सामाजिक सेवा एकाई ९कोठा नम्बर २४० बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ ।’
सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ । यसअघि अस्पतालले सिकलसेल परिक्षण गराउने विरामीबाट एक हजार शुल्क लिदै आएको थियो ।