१६ बैशाख २०८३, बुधबार April 29, 2026

आज कैलारीको छोटीपलियामा जनचेतनामूलक नाटक र सांस्कृतिक कार्यक्रम हुने

२५ कार्तिक २०८०, शनिबार
आज कैलारीको छोटीपलियामा जनचेतनामूलक नाटक र सांस्कृतिक कार्यक्रम हुने

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ छोटीपलियामा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
सृजना समाज छोटीपलियाको आयोजनामा लागु औषध तथा बाल विवाह नियन्त्रण सम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुती र सांस्कृतिक कार्यक्रम हुने भएको हो । आज शनिबार साँझ ५ बजेदेखि कार्यक्रम हुने सृजना समाजका सचिव चिरञ्जिवी चौधरीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी र विशिष्ट अतिथीमा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरी रहने आयोजकले जनाएको छ ।
‘समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ्य जीवन’ भन्ने मूल नारा सहित हुने कार्यक्रमको मुख्य प्रायोजकमा तेज कन्सलटेन्सी एण्ड एसोसिएट्स, प्रवद्र्धकमा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, कैलारी गाउँपालिकाको कार्यालय हसुलिया रहेको छ । त्यसैगरी प्रायोजकमा जिवी कृषि फर्म, अमन कृषि फर्म, जेनिश फ्रेस हाउस धनगढी र एन.जी मोवाइल ग्यालरी पवेरा बजार रहेका छन् ।