२२ भाद्र २०८१, शनिबार September 7, 2024

कैलालीमा समानुपातिकतर्फ नागरिक उन्मुक्ति पहिलोे

१२ मंसिर २०७९, सोमबार
कैलालीमा समानुपातिकतर्फ नागरिक उन्मुक्ति पहिलोे

कैलाली । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म समानुपातिकतर्फ ९ लाख ७ हजार १३८ मत गणना भएको छ ।
उक्त मत गणना अनुसार नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा चौथो र कैलालीमा सबभन्दा अगाडी रहेको छ । निर्वाचन कार्यालयका अनुसार नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ ८७ हजार ६ सय ८४ मत प्राप्त गरेको छ ।
प्रदेशसभातर्फ पनि ८७ हजाार २३६ मत ल्याएको छ । पहिलो हुने पार्टीमा भने एमाले रहेको छ । एमालेले प्रतिनिधिसभातर्फ २ लाख २७ हजार ८६० मत प्राप्त गरेको छ । त्यस्तै प्रदेशसभातर्फ २ लाख ४६ हजार १८८ मत प्राप्त गरेको छ ।


कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले प्रतिनिधिसभातर्फ २ लाख ३७ हजार ८६८ मत ल्याएको छ । प्रदेशतर्फ पनि २ लाख ३७ हजार ७९० मत ल्याएको छ । माओवादी सुदूरपश्चिममा तेस्रो स्थानमा रहेको छ । माओवादीले प्रतिनिधिसभातर्फ १ लाख १५ हजार ५४४ मत ल्याएको छ । प्रदेशतर्फ १ लाख ६ हजार ७४१ मत ल्याएको छ ।
सुदूरपश्चिमभरमा चौथो स्थानमा आएको उन्मुक्ति पार्टी कैलालीमा पहिलो भएको छ ।
कैलालीमा प्रतिनिधिसभातर्फ ७४ हजार ४०७ मत प्राप्त गरेको छ । प्रदेशतर्फ पनि ७४ हजार ९८६ मत ल्याएको छ । कैलाली जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ मा नागरिक उन्मुक्तिले जितेको छ ।
उन्मुक्तिले प्रतिनिधिसभातर्फको पहिलो हुने निर्वाचन प्रणालीमा कैलालीको १, २ र ३ निर्वाचन क्षेत्रको प्रतिनिधिसभामा जितेको हो । उक्त निर्वाचन क्षेत्रका ६ वटा प्रदेशसभा सदस्य पदमा ५ वटा उन्मुक्तिले नै जितेको छ ।