२० माघ २०७९, शुक्रबार February 3, 2023

सुन्दर एक सपनाको ‘खन खन खन’ चाँडै सार्वजनिक हुने

११ मंसिर २०७९, आईतवार
सुन्दर एक सपनाको ‘खन खन खन’ चाँडै सार्वजनिक हुने

कैलाली । सुन्दर एक सपना एल्बमको दोस्रो गित ‘खन खन खन’ मा निर्मित म्युजिक भिडियो यही मंसिर १५ गते बिहीबार सार्वजनिक हुने भएको छ ।
म्युजिक भिडियोलाई सेबिल इन्टर्नटेन्मेन्ट च्यानलबाट सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ । म्युजिक भिडियोमा नायक तथा मोडल पुष्प खड्का र मोडल पुजा चौधरी रहेका छन् ।
गीतमा गायक केशवराज महतोको शब्द, संगीत र स्वर सँगै गायिका अन्नु चौधरीको स्वर रहेको छ । गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ्ग र मास्टरिङ्ग प्रकास केसीले गरेका छन् । निर्देशक बिक्रम चौहानले भिडियोको निर्देशन गरेका छन् ।


थारु भाषाको गीतमा नेपाली सिने जगतका चर्चित कलाकारलाई मोडलिङ गराउनुमा सम्पुर्ण टीमको साथ सहयोगले मात्रै सम्भव भएको गायक महतोले बताए ।
त्यसैगरी मोडल चौधरी अस्ट्रेलियामा बसेर पनि थारु भाषा, कला र संस्कृति प्रति जागरुक रहेको बताइन् । उनले थारु भाषा, कला संस्कृति संरक्षणका लागि नै आफू म्युजिक भिडियो खेलेको बताइन् ।