९ जेष्ठ २०८१, बुधबार May 22, 2024

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी

९ मंसिर २०७९, शुक्रबार
कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी

धनगढी । कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन् ।
चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । चौधरीले २१ हजार ८७१ मत ल्याउँदा एमालेका रावलले १६ हजार १२८ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका माओवादीका भगत बडुवाले १५ हजार ११६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिहं वि.सि.(बुढाक्षेत्री)ले २ हजार ७८४, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले ३१५ मत पाएका छन् ।