२१ मंसिर २०७९, बुधबार December 7, 2022

कैलाली १ (क) मा नागरिक उन्मुक्तिका कैलाश विजयी

८ मंसिर २०७९, बिहीबार
कैलाली १ (क) मा नागरिक उन्मुक्तिका कैलाश विजयी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी भएका छन् । चौधरीले १५ हजार १०१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दीर्घराज विनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।
यस्तै, राप्रपाका भीमबहादुर बमले चार हजार ६० र जसपाका भगतराम थारुले दुई हजार २७८ मत प्राप्त गरेका छन् । ३४ हजार ४८५ मत खसेकोमा एक हजार ११४ मत बदर भएको छ ।