२१ मंसिर २०७९, बुधबार December 7, 2022

१३ हजार मतान्तरसहित प्रचण्ड विजयी

८ मंसिर २०७९, बिहीबार
१३ हजार मतान्तरसहित प्रचण्ड विजयी

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। ​

विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय ३ मत पाएर विजयी भएका छन्। प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्।

गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन्।