८ बैशाख २०८१, शनिबार April 20, 2024

चितवन–२ मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

८ मंसिर २०७९, बिहीबार
चितवन–२ मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

चितवन । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएका छन् ।
एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन–२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
चितवन–२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।