३ असार २०८१, आईतवार June 16, 2024

दाङ– ३ (१) मा कांग्रेसका डिल्ली चौधरी निर्वाचित

८ मंसिर २०७९, बिहीबार
दाङ– ३ (१) मा कांग्रेसका डिल्ली चौधरी निर्वाचित

दाङ । दाङ क्षेत्र नं. ३ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार डिल्ली बहादुर चौधरी निर्वाचित भएका छन् । उनले १९ हजार ८ सय ५० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।
उनीहरूको मतान्तर ५ हजार ४ सय रहेको छ । चौधरी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका थिए । यस क्षेत्रमा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ७ सय ८९ मत खसेको थियो ।
चौधरी २०७४ मा यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री थिए । पाण्डे २०७४ मा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।