३२ असार २०८१, सोमबार July 15, 2024

मतदाताको चाहना अनुसार काम गर्छु : गंगा चौधरी

६ मंसिर २०७९, मंगलवार
मतदाताको चाहना अनुसार काम गर्छु : गंगा चौधरी

कैलाली । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनीधी सभा सदस्यमा निर्वाचित गंगा चौधरीले मतदाताहरुको चाहना अनुसार काम गर्ने बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीले मतदाताको धारणा बुझेर आगामी योजना अघि बढाउने र कार्यान्वय गर्ने बताएका हुन । उनले मतदाताको धारणा बुझ्न प्रत्येक घरमा पुग्ने बताएका छन् ।
विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘म तपाईंहरुको घरदैलोमा आउँदैछु, प्रत्येक घरमा । तपाईंहरुको योजना के छ, वस्तुस्थितिबारे बुझ्ने छु । त्यही योजना अनुसार काम अगाडि बढाउने छु ।’ मतदाताकै चाहना अनुसारको काम गर्ने उनको भनाइ थियो ।
उनी २३ हजार १२० मतसहित विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ र नेकपा एमालेका उम्मेदवार गौरी शंकर चौधरीले ९८७४ मत पाए ।