कैलाली । नागरिक उन्मुक्ति पार्टी गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् ।
राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका छन् । यहाँ ६३४४० मत खसेको थियो जहाँ ५९ हजार ७१९ सदर भएको छ भने ४ हजार २१ मत बदर भएको छ ।
को हुन गंगा ?
४४ वर्षीय चौधरी भजनी नगरपालिका–२ मोहनपुरवासी हुन् । बुबा स्व. फूलराम डङ्गौरा र आमा राजदेवी डङ्गौराको कोखबाट २०३५ सालमा साविकको थापापुर गाविस–४ मा चौधरीको जन्म भएको थियो । उनले ‘करिकुलम’ मा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नु भएको छ ।
२०/२२ वर्षसम्म गैरसरकारी संस्थामा काम गर्नु भएका चौधरीको राजनीतिक यात्रा २०५४/५५ बाट सुरु भएको थियो । त्यति बेला उहाँ नेपाली कांग्रेसमा आवद्ध रहेका थिए । २०७४ को आम निर्वाचनको क्रममा रेशम चौधरी जिताउ अभियानमा उनले जिल्ला संगठन प्रमुखको भूमिका निर्वाह गरेका थिए । चौधरी अहिले नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य समेत हुन् ।