९ जेष्ठ २०८१, बुधबार May 22, 2024

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

६ मंसिर २०७९, मंगलवार
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

धनगढी । कैलाली क्षेत्र नम्बर ३ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ ।
यहाँँ अहिले सम्म ५५ हजार ४०२ मतगणना सम्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरी २० हजार हजार २३४ मत सहित अग्रस्थानमा रहेका छन् । अब भजनी नगरपालिकाको वडा नम्बर ४, ५, ७ र ९ वडाको मतगणना मात्रै बाँकी रहेको जनाइएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १४ हजार हजार ९४२ मत पाएका छन् । नेकपा एमालेका गौरीशंकर चौधरीले ८ हजार २६९ मत पाएका भने राप्रपाका बिरेन्द्र बमले ६ हजार ६२९ मत पाएका छन् ।
यता कैलालीको क्षेत्र नम्बर १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो अग्रता कायमै राखेको छ ।