कैलाली । धनगढी उप–महानगरपालिकाले टिकटक प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
उप–महानगरले मंसिर एक गते देखि लागू हुने गरी स्वच्छतासम्बन्धी टिकटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता असार महिना सम्म सञ्चालन हुनेछ ।
उपमहानगरपालिका मेयर गोपाल हमाल दिएको जानकारी अनुसार मासिक रुपमा आयोजना हुने टिकटक प्रतियोगितामा उत्कृष्ट हुनेलाई १५ हजार पुरस्कार दिइनेछ ।
प्रतियोगिता प्रत्येक महिना निरन्तर सञ्चालन हुनेछ ।टिकटक प्रतियोगिता धनगढीलाई प्लाष्टिकमुक्त बनाउन गरिने मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘घर–घरमा जनचेतना जोगाउने उदेश्यका साथ प्लाष्टिकले जनस्वास्थ्यमा पार्ने असर र पर्यावरणमा पार्ने असरका बारेमा टिकटकमा झल्किने पर्नेछ’, मेयर हमालले भने, ‘त्यसका लागि टिकटकमा भाग लिन कलाकार तथा युवायुवतीहरुलाई अनुरोध समेत गर्दछु ।