११ जेष्ठ २०८३, सोमबार May 25, 2026

मतदानका दिन कैलालीमा सवारी साधन बन्द हुने

२ मंसिर २०७९, शुक्रबार
मतदानका दिन कैलालीमा सवारी साधन बन्द हुने

धनगढी । कैलालीमा चुनावका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।
मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासनका अनुसार आइतबार बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनहरु बाहेक आन्तरिक रुपमाा सबै किसिमका सवारी आवागमनमा रोक लगाइएको छ ।


मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन, आकस्मिक बिरामी बोकेका गाडी बाँहेक अरु गाडी सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
मतदानको दिन अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने उनले बताए ।