९ जेष्ठ २०८१, बुधबार May 22, 2024

कैलाली जिल्लासँग सीमा जोडिएका नाका तीन दिन बन्द रहने

२९ कार्तिक २०७९, मंगलवार
कैलाली जिल्लासँग सीमा जोडिएका नाका तीन दिन बन्द रहने

कैलाली । कैलाली जिल्लाँग सीमा जोडिएका नाका तीन दिन बन्द हुने भएको छ ।
यहि मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लाँग जोडिएका नाका यहि मंसिर १ गते विहीबार राति १२ बजेदेखि मंसिर ४ गते आइतबार रात १२ बजेसम बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्नका लागि सीमानाका बन्द रहने प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।


उता निर्वाचनमा कञ्चनपुरको गड्डाचौकी सीमानाका तीन दिन बन्द हुने भएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गड्डाचौकी सीमानाका तीन दिन बन्द हुने भएको हो ।
यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने भएको हो ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाइएको छ ।