१ असार २०८१, शुक्रबार June 14, 2024

नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

२४ कार्तिक २०७९, बिहीबार
नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

कैलाली । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तथा नेताहरु चढ्ने गाडीमाथि तोडफोड भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १७ डुमलियामा रोकिराखेको गाडीमाथि बुधबार दिउँसो तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बा ११ च ५८६० नम्बरको कार तोडफोड भएको हो । पार्किङ गरी चुनावी कार्यक्रममा गएको बेला कारको सिसा फुटाइएको प्रहरीले जनाएको छ ।


सो पार्टीकी समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्दु थारु, प्रदेश सभा सदस्यका उम्मेदवार वलबहादुर साउँद, सावित्री चौधरी र थरुहट नेता लक्ष्मण थारु सो कार चढ्दै आएका थिए ।
थरुहट नेता थारुका अनुसार त्यहाँस्थित पर्ने खोला वारि गाडी पार्किङ गरि पारी आयोजना गरिएको कार्यक्रम गएको मौका छोपी अज्ञात समूहबाट गाडी तोडफोड गरिएको बताए । मतदान गर्नु पहिले नै गाडी तोडफोड गर्ने पक्षले आफ्नो हार मानसिकता प्रदर्शन गरेको नेता लक्ष्मण थारुको भनाइ छ ।