२१ मंसिर २०७९, बुधबार December 7, 2022

कैलालीमा मदिरा बिक्रि वितरणमा रोक

२१ कार्तिक २०७९, सोमबार
कैलालीमा मदिरा बिक्रि वितरणमा रोक

धनगढी। कैलालीमा मदिरा बिक्रि वितरणमा रोक लगाइएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले आइतबार रातिदेखि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।
जोशीकाअनुसार अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मर्यादित, स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न तथा आचारसंहितालाई पालन गराउन मतदानको १५ दिन अघि बिक्रि वितरण र सेवन रोक्न गृहले निर्देशन दिएको थियो ।
सोहीअनुसार कैलालीमा पनि आइतबार राति १२ बजेदेखि मदिरा बिक्रि, वितरण र सेवनमा रोक लगाइएको बताउदै जोशीले निषेध गरिएको काम गरेको भेटिए कानून बमोजिम कारवाही गरिने जनाए ।