९ जेष्ठ २०८१, बुधबार May 22, 2024

माओवादी केन्द्र मोहन्याल गाउँपालिकाको अध्यक्षमा देबिदत्त उपाध्याय निर्विरोध चयन

१२ मंसिर २०७८, आईतवार
माओवादी केन्द्र मोहन्याल गाउँपालिकाको अध्यक्षमा देबिदत्त उपाध्याय निर्विरोध चयन

कैलाली । नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र ) मोहन्याल गाउँपालिकाको अध्यक्षमा देबिदत्त उपाध्याय निर्विरोध चयन भएका छन् ।
सम्मेलन सहभागी ३५३ जना प्रतिनिधिहरुले उपाध्यायको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेका हुन् । कमिटीको उपाध्यक्षमा क्रमश छबिलाल हौजालिमगर, कृष्ण कुमार बोहरा, तारा शर्मा सचिबमा सुरेन्द्र जैसी,कोषाध्यक्ष तुल्सि पुरी र सहसचिब कमल शाही रहेका छन् ।