१४ मंसिर २०८०, बिहीबार November 30, 2023

मेयर वड सर्बाधिक मत सहित विजयी

८ मंसिर २०७८, बुधबार
मेयर वड सर्बाधिक मत सहित विजयी

धनगढी । नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत (३७७) सहित विजयी भएका छन् ।
आज बुधबार सम्पन्न कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह मनु (३६२), क्षितिज भण्डारी (३४५), प्रकाश देउवा ३०३, डिल्लीराज पन्त (२३५) , गणेश देउवा २२६),कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट (२०६), उद्धव बहादुर बिष्ट (१९४) र हरिश खड्का (१८७) विजयी भएका छन् ।
महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिला तर्फ निपा चोखाल, २८७ डम्बरी महरा (रक्षा) (२४३), पुष्पा भट्ट (२१५) र रीता बम भण्डारी (२२०) विजयी भईन । समावेशी, अपांग÷मधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।