९ चैत्र २०८१, आईतवार March 23, 2025

पूर्व प्रधानमन्त्री प्रचण्ड कैलाली आउँदै (यस्ता छन् कार्यक्रम)

७ मंसिर २०७८, मंगलवार
पूर्व प्रधानमन्त्री प्रचण्ड कैलाली आउँदै (यस्ता छन् कार्यक्रम)

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कैलाली आउने भएका छन् ।
कैलालीका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुन भोलि मंसिर ८ गते पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहाल कैलाली आउन लागेका हुन् ।
पार्टी अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) बर्दगोरियाको पालिका अधिवेशनलाई विहान ११ बजे सम्बोधन गर्ने र त्यसपछि भजनी नगरपालिकाको नवनिर्मित कार्यपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) का कैलाली जिल्ला अध्यक्ष लाल बहादुर सोडारी ‘दर्शन’ जानकारी दिएका छन् ।
जिल्लाका पूर्वी पालिकाका कार्यक्रम सम्पन्न पछि मंसिर ८ गते नै पार्टीको प्रदेश कमिटीलाई अध्यक्ष प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला अध्यक्ष सोडारीले जानकारी दिएका छन् । अध्यक्ष प्रचण्ड भोलि नै काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ ।