२२ भाद्र २०८१, शनिबार September 7, 2024

सात दिने सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न

६ मंसिर २०७८, सोमबार
सात दिने सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न

मसुरिया । कैलालीको गौरीगंगा नगरपालिकामा सात दिने सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । सहभागीहरुलाई मनोसामाजिक सहयोग बारेमा जानकारी दिनुका साथै समस्याको सकारात्मक तरिकाले सामना गर्न र विभिन्न सिप तथा रणनीतिका बारेमा सिकाई गरि सहभागीहरुलाई आत्मबल, आत्मविश्वास बढाई सकारात्मक परिवर्तन गरि सचेत भई स्वहेरचाहमा ध्यान दिन सक्ने विश्वास लिएको छ ।
सामाजिक सम्बन्ध राम्रो बनाई अन्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध बनाई सामाजिक संजाल स्रोत र साधनको पत्ता लगाई सहभागीहरुले आफ्नो स्वहेरचाह बारेमा सकारात्मक परिवर्तन सोच सहित जिवन उपयोगी सिप वृद्धि गरि सकारात्मक दृष्टिकोण बनाउने प्रशिक्षक तथा मनोविमर्श कर्ता कमला बुढाथोकीले बताएकी थिईन ।
कार्यक्रमको समापन गर्दै वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले हरेक मानिस कुनै न कुनै रूपमा मानसिक रोगी रहेको बताउदै प्रत्येक मानिस मनोसामाजिक रुपमा स्वास्थ्य भए व्यक्तिमा सकारात्मक समाज परिवर्तन हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रम गौरीगंगा नगरपालिकाका १२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागी पार्वती बूढाऐरले समाजमा हुने परिवर्तन विकास र घरपरिवारमा परम्परादेखि ईस्याडाहा गर्ने मानविय स्वभावले अनावश्यक रुपमा पीर चिन्ता लिने अवस्थाबाट यस कार्यक्रमले आफुहरुलाई सकारात्मक परिवर्तन सोच सहित जिवन उपयोगी सिप वृद्धि गरि सकारात्मक दृष्टिकोण बनाउने अभिप्रेरित गर्ने बताएकी छिन् ।